×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बसन्तपुरमा यस्तो देखियो गाईजात्राको रौनक,…१४ तस्विरमा हेर्नुहोस् संक्रमणको त्रासकाबीच मनाइएको जात्रा ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

बसन्तपुरमा यस्तो देखियो गाईजात्राको रौनक,…१४ तस्विरमा हेर्नुहोस् संक्रमणको त्रासकाबीच मनाइएको जात्रा ! (फोटो-कथा)

काठमाडौँ । कोरोना संक्रमणकैबीच आज सोमबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा मनाइँदै छ । तीनै जिल्लाका प्रशासनले गाईजात्रामा भिडभाड नगर्न सूचना जारी गरेको भएपनि सदियौं देखि चलिआएका परम्परा धान्नैका लागि काठमाडौंका नेवार समुदायका मानिसहरुले बसन्तपुरलगायतका क्षेत्रमा निकालिएको जात्रामा उपस्थित भएका छन् ।
विशेषगरी नेवार समुदायले मनाउने यो पर्व वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गरिँदै मनाउने गर्दछन् । दिवंगत आफन्तहरूको सम्झनामा मानिसलाई गाईको रूप धारण गराई नगरपरिक्रमा गराएमा वर्षभरिमा मृत्यु भएका आफन्तहरू गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ । उपत्यकामा काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर गाईजात्रा मनाउने गरिन्छ । यस्तै ओखलढुंगा, भोजपुर, सुनसरीको धरान, बाग्लुङ, पाल्पालगायतका स्थानका नेवार समुदायले यो जात्रा मनाउँदै आएका छन् ।
राजा प्रताप मल्लाका छोराको मृत्यपश्चान रानीलाई सान्त्वना दिन सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको भनिएको भएपनि त्यसभन्दा ३ सय वर्ष अगाडि देखिनै गाईजात्रा मनाउने परम्परा रहेको जानकारहरु बताउँछन् । मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । बाँकी तस्विरमा हेर्नुहोस् :
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: