काठमाडौँ । महालक्ष्मी विकास बैंकमा अनौठो सुनकाण्डको घटना घटेको छ । बेला-बेला विवादमा आइरहने बैंकमा पुन: अनौठो सुनकाण्डको घटना घटेको हो । बैंकको कुमारीपाटी शाखामा धितो राखिएको सक्कली सुन फुकुवा गर्दा नक्कली भनेर दिन अस्वीकार सो घटना बाहिरिएको हो ।
ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले २०७२ मा २५ तोला सक्कली सुन धितोमा राखेर कर्जा लिएकी थिइन् । ५ वर्षपछि अर्थात् ०७८ भदौ ९ गते ऋण चुक्ता गरेर सुन फिर्ता गर्ने समयमा बैंकले आनाकानी मात्रै गरेको छैन, बैंकले सो नक्कली रहेको र फिर्ता दिन नमिल्ने बताएको पिडित महर्जनको भनाई छ ।

‘ऋण चुक्ता गरेर सुन फिर्ता लिन जाँदा कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भनेर फिर्ता पठाउनुभयो’ उनले भनिन् ‘सुन धितोमा राख्दा बैंकले जाँचेरे राखेको थियो तर ऋण तिरेपछि बैंकले फिर्ता दिन मिल्दैन भनेर मलाई फिर्ता पठाउँछ, अहिले सुन कसरी नक्कली भयो ?’

महर्जनले शाखा प्रबन्धक नेपालले नक्कली भनेर फिर्ता दिन अस्वीकार गरेपछि अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरसमेत दिएकी छिन् । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । यता सो सम्बन्धमा बुझ्न बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटालाई सम्पर्क गर्दा उनको फोन निरन्तर बिजी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्