काठमाडौँ । बिगत एकदुइ बर्षमा धितोपत्रको दोस्रो बजारमा भएको प्रविधिक विकास, कोरोना कहरका कारण अन्य लगानी क्षेत्रमा आएको संकुचनलगायत विभिन्न कारणबाट वित्तीय रुपमा संक्षम सुसुचित ब्यक्तिहरुको साथमा आम सर्वसाधारण ब्यक्तिहरुले धितोपत्र दास्रो बजारमा लगानी बढाएको विधितै छ । र यो बढ्दो क्रमममा छ ।
हाल बजारमा केहि सूचिकृत कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाईएको छ । बिशेष गरि सुचिकृत कम्पनीका संचालकहरुले योजनाबद्ध ठूला खेलाडि संगको मिलेमतोमा ३/४ महिना अगाडिदेखि ठूलो मात्रामा आफन्त, व्यावसायिक साझेदार, साथिभाईको नाममा स्रयर खरिद गर्ने र हकप्रद सेयर जारी गर्ने घोषणा गर्ने, अनि हकप्रद र बोनसको सूचना बाहिर ल्याएर ठूला खेलाडी तथा कम्पनीका संचालकहरुले ३/४ महिना अगाडीदेखि संकलन गरेको सेयर आम सर्वसाधरणलाई बिक्री गर्ने । यस्तै ठूला खेलाडीहरुले सस्तो मूल्यमा सेयर संकलन गर्ने अनि हकप्रद, सम्भावित इपिएस, मर्जर लगायतका मूल्यमा प्रभाव पार्ने हल्ला चलाएर माथिल्लो मूल्यमा लगेर आम पब्लिकलाई सेयर भिडाउने गरेको नाङ्गो आँखाले देख्दा पनि नियमक निकाय तथा अर्थ मन्त्रालयले खासै चासो नदिएको देखिएको छ । यस्तो कुकर्म गरि कम्पनीका ठूला संस्थापक सेयरधनी तथा खेलाडिहरुको समुहहरुले बजारमा सेयरको मुल्य १०%, २०%, ३०% प्रतिशत मात्र बढाउने होइन ३ गुणा, ४ गुणा बढाएर एउटै ब्यक्ति तथा समुहले अरबौको मात्रमा बजारबाट क्यापिटल गेनको रुपमा सर्वसाधारणको रकम कुम्ल्याई रहेका छन् ।
यस्तै गोरखा फाईनान्स, आईसिएफसि फाईनान्समा खुलेआफ सेयर कर्नारिङ्ग भईरहेका छन् । वित्तीय रुपमा अत्यन्त कमजोर सिनर्जि फाईनान्स, बेष्ट फाईनान्स, मल्टिपर्पोज फाईनान्स्, नेपाल फाईनान्स्, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेण्ट बैंक, जलविधुत लगानी कम्पनी जस्ता थुप्रै कम्पनीहरुको सेयर कर्नरिङ्ग गरेर पब्लिकलाई सेयर भिडाउने काम भईरहेको देखिन्छ । यी कम्पनीहरु प्रतिनिधि कम्पनीहरु मात्र हुन । यस्तो प्रबृती थुप्रै अन्य कम्पनीहरुमा देखिन्छ ।
तसर्थ यस्ता कम्पनीहरुको शेयरकारोबारमा भएका अबान्छीत र अपराधिक गतिविधिहरुको नियमन, छानविन नभएमा सर्वधारण लगानीकर्ताको लगानी डुब्ने र सर्वसाधारणले निकट भविष्यमा आत्माहत्या गर्ने सम्मको स्थिति आउने पक्का भएकाले आवश्यक छानविन गरि कारबाही होस् ।
यसरी छानविन गर्दा हकप्रद र बोनस जारी गर्नु भन्दा एक/दुइ दिन अगाडीको कारोबार मुल्य र रकम मात्र हेर्ने होईन कि योजनाबद्ध रुपमा ३/४ महिना अघिबाट कुन ब्यक्ति, समुह वा कम्पनीका संचालक पदाधिकारीहरुले शेयर खरिद बढाएका छन् र हकप्रद र बोनस घोषणा हुदाँका बखत कुन ब्यक्ति, समुह वा कम्पनीका संस्थापक, संचालक पदाधिकारीहरुका आफन्तले सेयर बिक्री गरेको छन् सो को छानविन हुन जरुरी देखिन्छ । खेल यसरी भई रहेको पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्