×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंकको ‘ज्योति स्मार्ट सेभिङ्ग्स’ बचत खाता सार्वजनिक, यी हुन् नि: शुल्क पाईने सेवाहरु

काठमाडाैं । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।
बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधालिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निम्न सुविधाहरु पाउन सक्नेछन् ।
नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क
नि:शुल्क मेरो सेयर रजिस्ट्रेशन शुल्क
नि:शुल्क सि-आस्वा
नि:शुल्क मोबाईल बैंकिङ सेवा
नि:शुल्क इन्टरनेट बैंकिङ सेवा
नि:शुल्क डेबिट कार्ड
यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरु पनि रहेका छन् ।
ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: