×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रकम नभएको ग्लोबल आइएमई बैंकको चेक दिने अर्घाखाँचीका एक व्यक्ति पक्राउ, १५ दिन कैद र पचास लाख रुपैयाँ जरिवाना

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । अर्घाखाँची जुकेना गा.वि.स.८ साविक शितगंगा न.पा. वडा नं.५ घर भई हाल चन्द्रागिरी न.पा.वडा नं.६ बस्ने वर्ष ३५ का कासीराम भुसाल उक्त मुद्दा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले २०७७/१०/०४ गते उनलाई १५ (पन्ध्र) दिन कैद र ५०,००,००० (पचास लाख) रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसपछि उनि फरार रहेका थिए ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आइएमई बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: