×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खानीखोलाको बेइमानीको पोल खुलेपछि बिक्रेताको ओहिरो, लाग्यो नेगेटिभ सर्किट !

काठमाडौँ । मंगलबार खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको मुल्यमा १० प्रतिशतले नेगेटिभ सर्किट लागेको हो ।

कम्पनीले जनतालाई झुक्याउने गरी गलत वित्तीय विवरण सार्वजनिक गरेको पोल खुलेपछि यस कम्पनीको मूल्यमा कारोबार खुलेको केहि समयमनै नेगेटिभ सर्किट लागेको हो । यस अवधिमा सेयर बिक्रेताहरुको ओइरो लागेको छ भने खरिदकर्ताको संख्या न्यून रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ३३ करोड १६ लाख रुपैयाँ नाफा र प्रतिशेयर आम्दानी ७१.२१ रुपियाँ रहेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । कम्पनीले ४१ करोड ३ लाख रुपैया क्षतिपूर्ति दाबीसहितको रकमलाईसमेत नाफामा देखाएर वित्तीय विवरण प्रकाशित गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: