Skip to content
LAXMI SUNRISE BANK

हितेन्द्रलाई हटाएर कुलमानलाई ल्याउने उर्जामन्त्री भुसालको प्रस्ताव मन्त्रिपरिषदद्धारा अस्वीकार

अर्थ सरोकार

काठमाडौँ । आज बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङको नियुक्तिलाई रोकेको छ । उर्जामन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणमा निर्देशक बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरे पनि केही प्रक्रिया पूरा नभएकाले उनको नियुक्ति रोकिएको बताइएको छ ।

यद्यपि मन्त्रिपरिषदको अर्को बैठकले भने यस सम्बन्धमा निर्णय गर्ने भएको छ । यस्तै आजको बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हितेन्द्रलाई हटाउने काम नगर्न उर्जामन्त्री भुसाललाई मौखिक निर्देशन दिएका थिए । तर उर्जामन्त्री भुसालले अटेर गर्दै आज मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेकी थिइन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK