काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशन अनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गर्नु भएका उहाँले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको हाईटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
आम जनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरी सो जिम्मेवारी दिएको उल्लेख गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भन्नु भयो, ‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिनु भएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाईटमा लानेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मैले गर्ने भनेको सरकारको कार्ययोजना हो । त्यही कार्ययोजनालाई अघि बढाउने हो । सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढनुपर्नेछ ।’
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षा अनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गर्नु भयो । उहाँले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पार्नु भयो । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उहाँको योजना छ ।
घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले उर्जा आयोगका लगेर सम्मान गरेको पनि बताउनु भयो । उहाँले आफूले ठूलो चुनौति मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने पनि बताउनु भयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्