काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ कमाउन सफल भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७२.७३% ले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १५ करोड ८५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको अधिकाशं सूचकमा आकर्षक वृद्धि भएको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी ४६.५६% ले बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ६९.१५% ले बढेर २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको वितरणयोग्य नाफा पनि ५३.४९% ले बढेर १ अर्ब ९ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्