×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र ई-सेवा मनी ट्रान्सफरबीच ग्राहकहरुलाई मनी ट्रान्सफरमा थप सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता

GLOBAL IME BANK
SHREE KESH

महालक्ष्मी विकास बैंक र ई-सेवा मनी ट्रान्सफरबीच ग्राहकहरुलाई मनी ट्रान्सफरमा थप सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले ई-सेवा मनी ट्रान्सफर प्रा. लि. सँंग सम्झौता गरेको छ । बैंकले उक्त सम्झौता श्रावण २९ गते शुक्रबार गरेको हो । ई-सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई-सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । बैंकले हाल सम्म २४ वटा रेमिट्यान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । १०३ वटा शाखाहरुमार्फत बैकिङ कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ सेवालाई अत्याधुनिक प्रविधि मैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: