काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीले आइपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बिहान ९ बजे कम्पनीको आइपीओ बाँडफाँड हुने भएको हो । कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् ।
माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै सेयर पाउनेछन् भने २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।
कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासनमा ल्याएको थियाे । जसमा २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ६८ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्