×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड, ६८ हजार ४७४ जनाले पाए सेयर, यी स्थानबाट रिजल्ट हेर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड, ६८ हजार ४७४ जनाले पाए सेयर, यी स्थानबाट रिजल्ट हेर्न सकिने

Artha Sarokar

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज मंगलबार बिहान कम्पनीको आइपीओ बाँडफाँड भएको जनाएको हो । गोलाप्रथामार्फत कुल ६८ हजार ४७४ जनाले कम्पनीको सेयर पाएका छन् ।
जसमध्ये ६८ हजार ४६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई ६ लाख ८४ हजार ७४६ कित्ता सेयर बाँडफाँड गरेको हो । कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएकामा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २० लाख ६५ हजार १२४ लाई मात्र गोलाप्रथामा सहभागी गराइएको थियो ।
कम्पनीको आइपीओको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट,  मेरो सेयर एकाउन्ट, मैलुङ खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी