काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे क्यापपिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड हुने जनाएको छ । उक्त आइपीओको प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो ।
कम्पनीको आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो । कम्पनीको आइपीओमा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् भने बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ ।
यस कम्पनीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि तीन लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्