×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मौद्रिक नीति चुहावट प्रकरण: अर्थ मन्त्रालयमा हङ्गामा, राष्ट्र बैंकमा रमिता !

काठमाडौँ । राष्ट्र बैंकबाट मौद्रिक नीति सार्वजनिक हुनु अघिनै लिक भएपछी अर्थ मन्त्रालयमा हङ्गामा भएको छ ।मौद्रिक नीतिको ड्राफ्ट अमुक व्यक्तिका हात-हात र केहि संचारमा पुगेपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सोधपुछ गरेका छन् ।
सोधपुछमा गभर्नर अधिकारीले यस बारेमा बुझेर जानकारी दिने बताएको अर्थ मन्त्रालया स्रोतले बताएको छ । यसबारे आर्थिक आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले विज्ञप्ति जारी गर्दै विरोधसमेत जनाईसकेको छ । इम्शनले छानविन गरी कारवाहीकोसमेत माग गरेको छ । यसको चौतर्फी आलोचनासमेत भईरहेको छ । र राष्ट्र बैंकले ४ बजेर १५ मिनेटमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मध्य कुमार मरासिनी, डेपुटी गभर्नरहरु निलम ढुंगाना र बम बहादुर मिश्र, तथा अन्य सदस्यको रुपमा श्री राम पौडेल, रामजी रेग्मी, र डा. सुवोध कुमार कर्ण रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: