×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ बिकास बैंकको बार्षिक वित्तीय प्रतिवेदन सर्वोत्कृष्ट ठहर, पायो बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड !

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले प्रत्येक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड मुक्तिनाथ विकास बैंकले हात पारेको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेवापत फाइनान्सियल सेक्टरतर्फ सो अवार्ड मुक्तिनाथ बिकास बैंकले प्राप्त गरेको हो । आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ ।

होटल रेडिसनमा आयोजित एक कार्यक्रमका बीच आइक्यानका अध्यक्ष सिए मदन शर्माले बैंकका प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेललाई सो अवार्ड प्रदान गरेका हुन् । फाइनान्सियल सेक्टरको विधामा  लुम्बिनी विकास बैंक फर्ष्ट रनरअप भएको छ ।

अवार्ड प्राप्त गरेपछि कार्यक्रममा बोल्दै मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आफ्नो टिमको मेहेनतका कारण सो अवार्ड प्राप्त गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् । वित्तीय पारदर्शीतामा मुक्तिनाथ बिकास बैंक सदैब कटिबद्द भएको बताउँदै उनले आफुलाई अवार्डको योग्य ठान्ने आइक्यानलाई धन्यवादसमेत दिएका छन् ।

विभिन्न ५ विधामा यो प्रदान गरिएको सो अवार्ड अन्तर्गत  बैंकिङ सेक्टरको अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाएको छ भने सो विधामा नेपाल एसबिआई बैंकर फर्ष्ट रनर अप भएको छ । पब्लिक सेक्टर इन्टिटितर्फको सो अवार्ड दूरसंचार प्राधिकारणले पाएको छ भने  जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ। सोहि विधा अन्तर्गत चिलिमे हाइड्रोपावर र र एनएनसीएचएल फर्ष्ट रनरअप भएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: