काठमाडौं । मेगा क्यापिटलले आज शुक्रबारदेखि मेगा म्युचुअल फन्ड १ को बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । यसमध्ये ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५% इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरिएको छ ।
उक्त फन्डमा लगानीकर्ताले भदौ १० गतेसम्म न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने छन् । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ छ । १० वर्ष अवधिको उक्त फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यो एक बन्दमुखी योजना हो । मेगा क्यापिटल मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्