×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको ‘बाउन्स चेक’ काट्ने पक्राउ, ७ दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिल बैंकको ‘बाउन्स चेक’ काट्ने पक्राउ, ७ दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना

Artha Sarokar

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.-१ का ५६ वर्षीय विनोद कुमार श्रेष्ठलाई आज सोमबार काडाँघारीबाट पक्राउ गरेको हो ।
उच्च अदालत तुलसीपुर नेपालगञ्जले उनलाई २०७७/११/१२ गते बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा ७ दिन कैद र २३ लाख ५० हजार जरिवाना ठहर गरेको थियो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिएका थिए । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी