काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा नाडेप लघुवित्त वित्तीय संस्थाको नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले ८३६९.११% ले नाफा बढाएर १५ करोड ६८ लाख रुपैयाँ कमाउन सफल भएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी ८७.५७% र सञ्चालन नाफा २०७६.०५% ले बढेको छ । जसकारण नाफामा आकर्षक वृद्धि भएको छ । असारसम्म १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको नाडेपले ४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ३६ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसाले बढेर ३८ रुपैयाँ ७५ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्