×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकको शाखा कार्यालय बेलौरीमा पनि, सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बङ्गलादेश बैंकको शाखा कार्यालय बेलौरीमा पनि, सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्य

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । नेपाल बङ्गलादेश बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा आफ्नो १००औं शाखा श्रावण २८ गतेबाट सञ्चालनमा ल्याएको हो । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले उक्त शाखा कार्यालयसँगै हालसम्म १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आईरहेको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी