×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार सेयर बजार बन्द !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

सोमबार सेयर बजार बन्द !

काठमाडौं । आज सोमबार सेयर बजार बन्द हुने भएको छ । आज भदौ १४ गते कृष्णजन्माष्टमी परेकाले सरकारले सार्वजनिक विदा दिएकाले सेयर बजार बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ ।

यसअघि आइतबार नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० बिन्दुमा पुगेको थियो । जसमा १५ अर्ब ६५ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ ।

सो अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको थियो भने सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: