×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा दोहोरो अंकको करेक्सन, १४ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा विकास बैंकमा झुम्मिए लगानीकर्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा दोहोरो अंकको करेक्सन, १४ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा विकास बैंकमा झुम्मिए लगानीकर्ता

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा दोहोरो अंकको करेक्सन भएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.०० अंकले घटेर ३१०७.४५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३१ करोडमाथिको कारोबार भएको छ । आज लगानीकर्ताहरु विकास बैंक क्षेत्रमा झुम्मिएका छन् ।
आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ६४ करोड ६५ लाखमाथिको सेयर कारोबार भएको छ  । आज ११ समूह घटेका छन् भने अन्य २ समूह मात्रै बढेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: