काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ८४ करोडमाथिको कारोबार भएको छ । यस्तै आज विकास बैंक समूह सबैभन्दा बढी बढेको छ ।
आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८९ करोड ३३ लाखमाथिको सेयर कारोबार भएको छ । आज ३ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने साञ्जेन जलविधुत कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्