काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९.०० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६२ करोड ७९ लाखमाथिको सेयर कारोबार भएको छ । आज ६ समूह घटेका छन् भने ७ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै रुरु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैंकको प्रमोटर सेयरका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् ।