काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से ‘टुच्च’ बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ०.८६ अंकले बढेर ३१६२.५९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता खरिद बिक्री हुँदा १५ अर्ब ४५ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज ३ समूह घटेका छन् भने ५ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै रुरु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने जानकी फाइनान्सका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् ।