×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार पनि सेयर बजारमा पहिरो, पहिरो जाँदा पनि यी कम्पनीमा लाग्यो लगानीकर्ताको ओहिरो !

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २५ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब १ करोड ५ लाख बढीको सेयर कारोबार भएको छ । आज मंगलबार सबै समूहका उप-परिसूचक घटेका छन् ।

मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको १ अर्ब १ करोड ५ लाख ७३ हजार ३ सय ८३ रुपैयाँको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, नेपाल बैंक लिमिटेड, गुडविल फाइनान्सको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यता मंगलबारको बजारमा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने मनग्य पैसा छापेका छन् । यस अलावा मनकामना स्मार्ट लघुवित वित्तीय संस्था, सपोर्ट माक्रोफाइनान्स लघुवित वित्तीय संस्था लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । रु रुको सेयरमा यस्तो गिरावट आउँदा माउन्टेन हाईड्रो नेपाल, हिमालय उर्जा विकास कम्पनी, सिभिल लघुवित वित्तीय संस्था लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: