×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता प्रफिट बुकिङमा लाग्दा नेप्सेमा ४८ अंकको गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लगानीकर्ता प्रफिट बुकिङमा लाग्दा नेप्सेमा ४८ अंकको गिरावट

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार नेप्से घटेको छ । आज नेप्सेमा ४८.८४ अंकको गिरावट आएको हो । बिहीबारको तुलनामा नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख बढीको सेयर कारोबार भएको छ । आज १ समूह बाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी