×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि नेप्सेमा ४८.४२ अंकको पहिरो, १३ वटै समूह राताम्मे !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार पनि नेप्सेमा ४८.४२ अंकको पहिरो, १३ वटै समूह राताम्मे !

Artha Sarokar

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज बुधबार पनि नेप्सेमा पहिरो गएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्बमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार अरुण काबेली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ४८ करोड ७१ लाख बढीको सेयर कारोबार भएको छ । आज सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी