Skip to content
LAXMI SUNRISE BANK

अर्थ समितिमा नेप्सेका सीइओको स्पष्टिकरण – ‘मैले गरेको काम विद्यमान ऐन, कानुन विपरित छैन´ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारको नियमक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टिकरण दिनु भएको छ । सोमबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउँदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो संचालक समितिको आचार संहिताले के भन्छ भने रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्ने छैन । यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ । त्यहीँ प्रावधान अन्तरगत यो सेयर कारोबार गरिएको हो । नियम मिचेर यो काम गरिएको होईन । म पनि त नागरिक हुँ नि । मैले पनि त आफ्नो लगानी गर्न पाउनु प¥यो नि ?’
प्रमुख कार्यकारी अधिकृत साउँदले विभिन्न समाचार माध्यामहरुले सेयर कारोबारसम्बन्धि विद्यमान ऐन, कानुनको व्यवस्था नबुझि  सर्वोत्तम  सिमेन्टको ओटिसी सेयर नियमक निकाय आफैले खरिद विक्री गरेको भनेर झूटा समाचार सम्प्रेषण गरेको दावी समेत गर्नु भयो । बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदागराउँदै नेप्से जस्ता नियमक निकाय आफैले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामकुमारी झाक्रीले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गर्नु भयो । उहाँले आफैमाथि प्रश्न उठने गरी गैर जिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानवीन गरेर दोषीमाथि कारबाही गर्ने चेतावनी समेत दिनु भयो ।
समितिकी अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलगायतका नियमक निकायलाई सचेत गराउनु भयो । उहाँले नेप्सेजस्ता संस्थाहरुलाई नीति र विधि अनुसार चलेर सेयर बजारलाई स्वस्थ ढंगले अघि बढाउन आग्रह गर्नु भयो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियमक निकायहरु आफैले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानुनी व्यवस्था गर्ने चेतावनी दिनु भयो । उहाँले रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भएपनि सेयर बजारमा त्यो नियम उलंघन गर्ने काम गरिएको भन्दै आपत्ति जनाउनु भयो । हेर्नुहोस् भिडियो  :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK