×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन दिन भित्र ओटिसि कारोबारको विवरण बुझाउन अर्थ मन्त्रालयले काट्यो नेप्सेलाई पत्र, ढुंगाना र साउदको पद धरापमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तीन दिन भित्र ओटिसि कारोबारको विवरण बुझाउन अर्थ मन्त्रालयले काट्यो नेप्सेलाई पत्र, ढुंगाना र साउदको पद धरापमा

Artha Sarokar

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणपछि विवादमा तानिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्र सिंह साउदको पद धरापमा परेको छ । बिहिबार अर्थ मन्त्रालयले सेयर कारोबारको सम्पूर्ण विवरण मागेपछि ढुंगाना र साउदको पद धरापमा परेको हो ।
मन्त्रालयले नेप्सेलाई एक पत्र लेख्दै तीन दिन भित्र ओटिसि कारोबारको विवरण पठाउन निर्देशन दिएको छ । सर्वोत्तम सिमेन्टले सेयर कारोबारको लागि कहिले निवेदन दिएको र कहिले कारोबार सम्पन्न भएको भनी मन्त्रालयले तीन दिन भित्र सबै विवरण पठाउन निर्देशन गरेको हो ।
नेप्सेका सीइओ साउदले आफ्नी श्रीमतिका नाममा र धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले आफ्नी छोरीका नाममा नियम विपरित सर्वोत्तमको खरिद गरी राखेका थिए । यद्यपि ढुंगानाविरुद्द भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरीसमेत दर्ता भएको छ ।
सर्वोत्तमले ६० लाख कित्ता सेयर बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न लागेको छ । सेयर निष्कासनका लागि गत ४ चैतमा कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्न सम्झौता गरिसकेको छ । सो सम्झौता कार्यक्रममा धितोपत्र बोर्डका प्रतिनिधिसमेत अथिति भएर गएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी