×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्स कम्पनीको १५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित

GLOBAL IME BANK
SHREE KESH

एनएलजी इन्स्योरेन्स कम्पनीको १५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार १५औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदनसहितको लेखापरिक्षण गरिएको २०७७ साल असार मसान्तसम्मको वासलात पनि पारित गरेको छ ।
कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने दश करोड ९६ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि आवश्यक ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांस पारितका लागि प्रस्ताव पेश गरेका थिए ।
उनको प्रस्तावलाई बिहिबार सम्पन्न साधारणसभाले पारित गरेसँगै केहि दिनमा सेयरधनीहरुको खातामा पठाइने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्नुका साथै २६ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
कम्पनीको कुल लगानीमा गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भई २०७७ साल असार मसान्तमा दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कुल कारोबार गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा ८.०८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको र यसका सबै पोर्टफेलियोमा निरन्तर बृद्धि भैइरहेको अध्यक्ष वाग्लेले सेयरधनीहरुलाई जानकारी गराएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: