×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले ल्यायो सुविधायूक्त नयाँ बचत योजना, निः शुल्क डिम्याटदेखि अन्य यस्ता छन् पाईने सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि बैंकले ल्यायो सुविधायूक्त नयाँ बचत योजना, निः शुल्क डिम्याटदेखि अन्य यस्ता छन् पाईने सुविधा

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले सुविधायूक्त नयाँ बचत योजना ल्याएको छ । बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै विशेष सुविधायूक्त एनएमबि इन्भेष्टर सेभिङस् योजना ल्याएको हो ।

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो सेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्स सेवा प्रदान गर्ने जनाएको छ ।
बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी