×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ङादी ग्रुप पावरले सुपरमाई एको ७६.५८% र माइखोला क्यास्केडको शतप्रतिशत सेयर खरिद गर्ने

काठमाडौं । ङादी ग्रुप पावरले २ वटा हाइड्रोपावरको सेयर खरिद गर्ने भएको छ । कम्पनीले सगरमाथा जलविद्युत कम्पनीले सञ्चालन गरेको ९.६० मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको ७६.५८% सेयर र माइखोला हाइड्रोपावरले सञ्चालन गरेको ३ मेगावाट क्षमताको माइखोला क्यास्केडको शतप्रतिशत सेयर खरिद गर्ने निर्णय गरेको हो ।
यता ङादी ग्रुपले असोज ३ गते वार्षिक साधारणसभा डाकेको छ । सभा क्विन्स क्याफे अनामनगर  बिहान ९ बजे सुरु हुने भएको हो । सभामा २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनसपछि पूँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँ पुग्नेछ । सोही पुँजीमा २००% हकप्रद प्रस्ताव गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: