काठमाडौँ । नेपाल राष्ट्र बैंकले औपचारिक रुपमा मौद्रिक नीति सार्वजनिक नगर्दै सो नीतिको ड्राफ्टमा अमुक व्यक्तिका हात-हातमा पुगेको छ । दिउँसो ४:३० बजे सार्वजनिक हुने भनिएको मौद्रिक नीति शुक्रबार बिहानै विभिन्न व्यक्ति र संचार माध्यममा पुगिसकेको छ। यसलाई धेरैले राष्ट्र बैंकको लापरवाहीको हदका रुपमा लिएका छन् ।
यसअघि पनि नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति चुहिएको भन्दै चौतर्फी विरोध भएको थियो । यसपाली त खुलम खुल्ला नीतिको ड्राफ्ट बहिरिएको पाइएको छ । मौद्रिक नीति बाहिरिएपछि यसको चौतर्फी विरोध सुरु भइसकेको छ ।
‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कुनै अमुख मिडियालाई वा निश्चित व्यक्तिलाई उपलब्ध गराउनु आपत्तिजनक छ ।’ अर्थ सरोकारसंग कुराकानी गर्दै आर्थिक मिडिया संचालकहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्शन) का अध्यक्ष सिताराम विलासीले भने ‘यस्तै हो भने राष्ट्र बैंकको मौद्रिक नीति आर्थिक संचार मध्यमले बहिस्कार गर्नुपर्ने बेला भएको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्