×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि

PRIME CA

आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि

अर्थ सरोकार

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब ५ करोड रुपैयाँ पुगेको जनाएको हो ।
यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको  छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो । यता आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेका छन । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: