×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकविरुद्ध अदालत जाँदै लगानीकर्ता, १२ करोडको सेयर कर्जाको सीमालाई तत्काल फिर्ता लिन माग

काठमाडौँ । अधिकतम १२ करोडको सेयर कर्जाको सीमा कायम गरिदिएपछि राष्ट्र बैंकविरुद्ध सेयर लगानीकर्ताहरु अदालत जाने भएका छन् । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जाको सीमा लगाइदिएपछि त्यसकोविरुद्दमा लगानीकर्ता अदालत जाने भएका हुन् । लगानीकर्ता र लगानीकर्ताको सम्पत्तिमाथिको हक हनन भएको उनीहरुले यो कदक चाल्न लागेका हुन्  ।
सेयर कर्जामा राष्ट्र बैंकले यसरी सिलिङ लगाउन नहुने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनले सो व्यवस्थालाई तत्काल फिर्ता गर्न माग गरेका छन् । साथै यस सम्बन्धमा राष्ट्र बैंक जाने पनि उनले बताए । राष्ट्र बैंकको सो व्यवस्थाले लगानीकर्तालगायतलाई मात्रै नभएर बैंक तथा वित्तीय क्षेत्रलाई ठूलो असर पर्ने बताए ।
यता राष्ट्र बैंकले गरेको सो व्यवस्था अनावश्यक र गलत कार्य भएको पुर्व बैंकरहरु प्रतिक्रिया दिएका छन् भने यस्तो व्यवस्था संसारमा कहिँ कतै नभएको विश्लेषकको भनाई छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: