×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकलाई हस्तक्षेप गर्ने अर्थ मन्त्रालयको संकेत, सेयर धितो कर्जाको सीमालाई परिमार्जन गराउने अर्थमन्त्रीको आश्वासन !

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले सेयर धितो कर्जाको सीमालाई परिमार्जन गराउने संकेत दिएका छन् । सेयर धितो कर्जाको सीमाको सम्बन्धमा आपत्ति जनाउँदै अर्थ मन्त्रालय पुगेका नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार र तुलसीराम ढकालसहित पूँजी बजार लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र तारा प्रसाद फुलेलको समुहले सो सम्बन्धमा संयुक्त रुपमा बुझाएको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री शर्माले आफ्नो कार्यकालमा पूँजी बजारलाई असर पार्ने खालको कुनै पनि नीति नलिने र राष्ट्र बैंकको शुक्रबार आएको व्यवस्थालाई परिमार्जन गराउने संकेत दिएका हुन् ।
साथै उनले पूँजी बजार विकासका लागि आफुले समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्था गरेकोमा लगानीकर्ताको समूह त्यसमा आपत्ति जनाउँदै आज अर्थ मन्त्रालय पुगेको हो ।
उनीहरुले सो व्यवस्था खारेज गर्दै पुरानै व्यवस्थालाई निरन्तरता दिन अर्थमन्त्रीलाई अनुरोध गरेका हुन् । कडाइको नीतिले समग्र पूँजी बजारमा पर्ने नकारात्मक असर र विध्यमान व्यवस्थाको तुलना गर्दै लगानीकर्ताले अर्थमन्त्रीलाई ब्रिफिङ गरेका थिए । यता अर्थमन्त्री शर्माले लगानीकर्ताको ज्ञापनपत्र बुझ्दै यस्तो व्यवस्थाका विषयमा नेपाल राष्ट्र बैंक सँग छलफल गर्ने बताएका छन् । उनले राष्ट्र बैंकको उक्त कदमप्रति केहि लचिलो रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको लगानीकर्ताले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: