×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थाको नाफामा १९६.३४% को छलाङ, जगेडा कोषमा ५९४.३७% हुँदा प्रतिसेयर आम्दानी कति?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साधना लघुवित्त वित्तीय संस्थाको नाफामा १९६.३४% को छलाङ, जगेडा कोषमा ५९४.३७% हुँदा प्रतिसेयर आम्दानी कति?

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो अवधिसम्म आउँदा खुद नाफालगायतका प्रमुख सूचकमा आकर्षक वृद्धि गर्न सफल भएको छ ।  संस्थाले खुद नाफा १९६.३४% ले बढाएर ११ करोड ७० लाख ९५ हजार रुपैयाँ कमाउन सफल भएको  छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
कम्पनीका अनुसार प्रतिसेयर आम्दानी २६ रुपैयाँ ०६ पैसाले बढेर ४५ रुपैयाँ ५६ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाा २८ पैसा रहेको छ । यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि बढोत्तरी भएको छ ।  कम्पनीका अनुसार खुद ब्याज आम्दानी ७२.९०% र सञ्चालन नाफा ३३९.३५% ले बढेको हो ।
साथै जगेडा कोष ५९४.३७% ले बढेर १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । खराब कर्जा भने १.२१% ले बढेर २.०२% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.८१% रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: