×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मर्जरको हल्ला चलाएर चलखेल गर्ने सगरमाथा र हिमालयनविरुद्ध बीमा समिति कारवाही प्रक्रियामा

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बीमा समितिले स्पष्टीकरण सोध्ने भएको छ । संस्थागत सुशासन विपरित दुवै संस्थाबीच मर्जर हुने हल्ला चलेपछि समितिले स्पष्टीकरण सोध्ने भएको हो ।
सगरमाथा र  हिमालयनका सञ्चालकहरुलाई समितिमा बोलाएर स्पष्टीकरण सोधिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । दुबैले कम्पनीले वार्षिक साधारणसभाबाट मर्जरका लागि आवस्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी निर्णय पारित गरेका थिए । त्यसपछि विभिन्न संचार माध्यमले मर्जरको हल्ला चलाएका थिए ।
यता समितिले मर्जर जस्तो संवेदनशिल विषयलाई बाहिर चर्चामा ल्याएर सुशासन विपरितको काम भएको जनाएको छ । साथै समितिले यस्तो प्रचारबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रहसमेत गरेको छ । पछिल्लो समय मर्जर, हकप्रदलगायतका विषयमा हल्ला चलाउने र सेयर मूल्य बढाउहरु सक्रिय भएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: