×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२९ गतेदेखि साहस उर्जाले सोलखुम्बुका प्रभावितका लागि ३५ लाख कित्ता आइपीओ बिक्रीमा ल्याउँदै, १० कित्तादेखि भर्न पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२९ गतेदेखि साहस उर्जाले सोलखुम्बुका प्रभावितका लागि ३५ लाख कित्ता आइपीओ बिक्रीमा ल्याउँदै, १० कित्तादेखि भर्न पाईने

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साउन २९ गतेदेखि साहस उर्जाले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको हो । लगानीकर्ताले भदौ ११ गतेसम्म यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सो समयसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २७ गतेसम्म खुला रहनेछ । सोलखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्टको बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको, सल्लेरी शाखा तथा प्राइम कमर्शियल बैंकको रमिते शाखाबाट आवेदन दिन सकिनेछ ।
यस्तै लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले अहिले सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी