×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जाको ३५ लाख कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँहरुबाट लगानीकर्ताले सजिलै भर्न सक्ने

PRIME CA
GLOBAL IME BANK

साहस उर्जाको ३५ लाख कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँहरुबाट लगानीकर्ताले सजिलै भर्न सक्ने

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साहस उर्जाको कुल ३५ लाख कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीको सो सेयरमा आज शुक्रबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । साहजले साउन २९ गतेदेखि सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सोलखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्टको बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको, सल्लेरी शाखा तथा प्राइम कमर्शियल बैंकको रमिते शाखाबाट आवेदन दिन सकिनेछ ।
यस्तै लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले अहिले सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: