काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारी बर्खास्त भएका छन् । खराब कर्जा लुकाएको, नियम विपरित आफ्नै छोरालाई जागिर खुवाएको, दोहोरो भत्ता पचाएको लगायतका तथ्य अर्थ सरोकारले स-प्रमाण प्रकाशन गरेपछि यस विषयमा संस्थामा विशेष टोलीले छानविन गरेको थियो । सो आन्तरिक लेखापरिक्षकको टोलीले छानविन गर्दा अर्थ सरोकारले उजागर गरेका सबै कुरा प्रमाणित भएपछी अन्तत: बोर्डले उनलाई बर्खास्त गरेको हो ।
‘अर्थ सरोकारमा समाचार आएपछि यस विषयमा थप अनुसन्धान गरियो। अनुसन्धानका क्रममा अर्थ सरोकारमा उल्लेख भएजस्तै सीइओले खराब कर्जा लुकाएको, नियम विपरित छोरोलाई जागिर खुवाएको, दोहोरो भत्ता पचाएको लगायतका तथ्य प्रमाणित भए ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक संचालकले भने, ‘सुरुमा राजीनामा दिन आग्रह गर्यौं । उनले पद नछोड्ने अडान लिएपछि हामीले बोर्ड बैठक बसी उनलाई बर्खास्त गर्ने निर्णय गर्यौं ।’
धेरैअघिदेखि नै नक्कली भ्याट बिल काण्डदेखि अनेक घोटाला काण्डसम्म मुछिएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा यसअघिका सीइओका बारेमा पनि अर्थ सरोकारले घोटाला काण्ड बाहिर ल्याएपछि उनले सो संस्था छोडेका थिए । संस्थामा नयाँ सीइओ आएपछि झन् बेथिति बढेको थियो । अव अन्तत: उनले गर्ने बेथितिको सृंखला पनि टुंगीएको छ ।
‘उनलाई बर्खास्त गरेर अव केशब नारायण प्रधानलाई प्रबन्ध संचालकका रुपमा जिम्मेवारी दिइएको छ ।’ कालिकाक ती संचालकले भने, ‘सीइओले गरेको मनपरी उजागर गर्ने अर्थ सरोकारलाई सबैजसो साथीहरुले धन्यवाद सुनाइदिनु भनेका छन् । तपाईंहरुको कलम यसरी नै चलिरहोस्, शुभकामना ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्