×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन, तपाईं छुट्नु त भएन ?

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओमा आज आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् । आइपीओ बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी