×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइपीओमा आवेदन दिन पाइने, २४ गतेसम्म भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबारदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइपीओमा आवेदन दिन पाइने, २४ गतेसम्म भर्न सकिने

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओमा भोलि बुधबारदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।
जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् ।
आइपीओ बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी