काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि शनिबार बाँडफाँड भएको छ । इन्स्योरेन्सको दरबारमार्गस्थित बिजनेस कार्यालयमा बिहान ११ बजे आइपीओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक गरेको ६० लाख कित्ता आइपीओमा २४ लाख १९ हजार ८४८ जनाले तीन करोड ६९ लाख ५१ हजार ८० कित्ताको लागि आवेदन दिएका थिए । जसमा १७ लाख ६८ हजार १२२ जना आवेदकको हात भने खाली हुने भएको छ । एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ ।
साथै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार ५ लाख ५० हजारले १०/१० कित्ताका दरले सेयर पाउनेछन् ।
सर्वसाधारण समुहको ६ लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डका लागि बाँडफाँड गरिएको छ । कर्मचारीहरुले तीन लाख कित्ता र म्युचुअल फण्डले तीन लाख कित्ता सेयर प्राप्त गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्