×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपीए अवार्ड : बाणिज्य बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय प्रतिवेदन सर्वोत्कृष्ट ठहर, दोश्रोमा नेपाल एसबिआई !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विपीए अवार्ड : बाणिज्य बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय प्रतिवेदन सर्वोत्कृष्ट ठहर, दोश्रोमा नेपाल एसबिआई !

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले प्रत्येक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड अन्तर्गत बाणिज्य बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिवेदन सर्वोत्कृष्ट ठहर गर्दै बैंकलाई सो अवार्ड प्रदान गरिएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेवापत बाणिज्य बैंक तर्फ फर्ष्ट रनर अपको अवार्ड  भने नेपाल एसबिआई बैंक लिमिटेडले प्राप्त गरेको छ ।

आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ । होटल रेडिसनमा आयोजित एक कार्यक्रमका बीच आइक्यानका अध्यक्ष सिए मदन शर्मालेसो अवार्ड प्रदान गरेका हुन् । फाइनान्सियल सेक्टरको विधामा भने मुक्तिनाथ बिकास बैंक लिमिटेड सर्वोत्कृष्ट बनेको छ भने लुम्बिनी विकास बैंक फर्ष्ट रनरअप हुन सफल भएको छ ।

विभिन्न ५ विधामा यो प्रदान गरिएको सो अवार्ड अन्तर्गत पब्लिक सेक्टर इन्टिटितर्फको सो अवार्ड दूरसंचार प्राधिकारणले पाएको छ भने जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ। सोहि विधा अन्तर्गत चिलिमे हाइड्रोपावर र र एनएनसीएचएल फर्ष्ट रनरअप भएका छन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी