काठमाडौँ । अध्यक्ष भिष्मराज ढुंगानाले छोरीमार्फत् गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेको छ । आईतबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको सो सेयर कारोवारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टिकरण दिनु भएको हो । बैठकमा समितिका सदस्यहरुले परिवारका सदस्यहरुलाई सेयर कारोबारमा संलग्न गराएर सेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए ।
बोर्डको तर्फबाट त्यसको जवाफ दिने क्रममा उप कार्यकारी निर्देशक अधिकारीले विवाहित छोरी परिवारमा भित्र पर्ने व्यवस्था धितोपत्र सम्बन्धि कुनै पनि ऐनमा व्यवस्था नभएकाले अध्यक्ष ढुंगानालाई सो विषयमा विवादमा तान्न नमिल्ने तर्क गर्नु भयो । उहाँले भन्नु भयो, ‘धितोपत्र सम्बन्धि ऐनमा परिवार भन्नाले विवाहित छोरी नपर्ने स्पष्ट उल्लेख गरिएको छ । र विवाहित छोरीले सेयर खरिद विक्री गर्ने निजी अधिकार भएकाले त्यसमा उनको बुबाको संलग्नता नहुने स्पष्ट देखिएको छ । हामीले अर्थ मन्त्रालयलाई पनि सोही प्रावधान खुलाएर स्पष्टिकरण दिएका छौं ।’
सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुन विपरित छोरीको नाममा १० हजार कित्ता सेयर जारीको अनुमति पाउनु भन्दा करिव ३ साता अघि खरिद गरेको आरोप लागेको थियो । सोही विषयमा अर्थ समितिले बोर्डका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको हो । बैठकमा बोल्दै समितिका सभापति कृष्णप्रसाद दाहालले परिवारका सदस्यहरुलाई पूँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैले गरेको भन्दै आपत्ति जनाउनु भएको थियो । उहाँले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो ? भनि बोर्डका सदस्यहरुलाई प्रश्न पनि गर्नु भयो ।
यता, बोर्ड अध्यक्ष ढुंगानाले भने विवादित छोरीको सेयर कारोबारलाई बन्देज लगाउन मिल्ने कानुनी प्रबन्ध नभएको जवाफ दिनु भयो । उहाँले विवाहित छोरी परिवारका सदस्य नरहने धितोपत्र सम्बन्धि ऐनमा स्पष्ट व्यवस्था भएकाले छोरीको सेयर कारोबारमा आफूलाई मुछ्न नमिल्ने तर्क समेत गर्नु भयो । समितिका सदस्यहरुले परिवारलाई सेयर बाँडफाँड गरेर गलत काम नगर्न बोर्डका पदाधिकारीहरुलाई सचेत गराएका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्