उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा जीर्ण बन्दै गएको डोटीको निरौली दरबार ।
कैलालीको चिसापानी बजारमा बेच्नका लागि झुन्डाएर राखिएका कर्णाली नदीको माछा । माछाका परिकार खान र घुमघामका लागि आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गर्छन् ।
कोरोनाका कारण बागलुङमा जारी निषेधाज्ञा उल्लङ्घन गरी बजारमा हिँडेका सर्वसाधारणको सडकमा नै एन्टिजेन्टमार्फत कोरोना परीक्षण गर्दै बागलुङ नगरपालिकाका स्वास्थ्यकर्मी ।
करीब रु ८ करोडको लागतमा कर्णालीकै पहिलो जडिबुटी प्रशोधन केन्द्र जाजरकोट भेरी नगरपालिका–३ स्थित राताचौरमा निर्माण कार्य शुरु । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले यो निर्माण गर्न लागेको हो ।
नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको सिमकोट पुग्नुभएका चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) ।
कैलालीको चिसापानीस्थित कर्णाली पुल । पुल पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेको छ ।
पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि सडकमा उभिएर टिकटको पर्खाइमा बिरामी र उनीहरुका आफन्त ।
विश्वसम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल पाटन दरबार परिसरमा आन्तरिक पर्यटकको चहलपहल ।
गौँडाकोट जुभुङ्ग मजुवा–शान्तिपुर जोड्ने सडकको निदुर सुपा देउराली मन्दिरनजिकै गएको पहिरो ।
भक्तपुरको तेलकोटबाट देखिएको काठमाडौँको साँखुबजार क्षेत्र ।
सिन्धुपाल्चोकको हेलम्बु–२ का बासिन्दा पहिराले क्षति पु¥याएको बाटो सफा गर्दै ।