×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Monetary Policy : यी व्यवसाय गर्नेहरुलाई अब ब्याजमा हर्जना नलाग्ने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Monetary Policy : यी व्यवसाय गर्नेहरुलाई अब ब्याजमा हर्जना नलाग्ने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  कोरोनाबाट प्रवाभित ऋणीलाई नेपाल राष्ट्र बैंकले ब्याजमा हर्जना नलाग्ने व्यवस्था गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
कोरोना भाइरसको महामारीबाट अतिप्रभावितको सूचिमा रहेका होटल, ट्राभल र हवाई सेवामाआबद्ध व्यवसायी ऋणीले अब ब्याजमा हर्जना नतिर्दा पनि हुनेछ  । ‘कोभिड महामारीका कारण अतिप्रभावित क्षेत्रमध्येका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवामा बाह्य पर्यटकमा निर्भर हुने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय पर्यटक आउने सहज अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।
यस्तै रेष्टुराँ, पार्टी प्यालेस, यातायात शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको भुक्तानी १ वर्ष थप गरी कम्तीमा ४ किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी