काठमाडौँ । सेयर विश्लेषक अम्बिका पौडेलले विद्युत नियमन आयोगले गरेको संस्थागत लगानीकर्ताको बारेमा गरेको व्यवस्थाप्रति आपत्ति जनाउँदै पुँजी बजारमा किन चौतर्फी आक्रमण भईरहेको छ भन्दै प्रश्न गरेका छन् । उनले आयोगको सो व्यवस्थाप्रति आपत्ति जनाउँदै कस्को हित गर्ने उदेश्यले यस्तो नियम ल्याएको खोजि हुनुपर्ने बताएका छन् ।
आयोगले संगठित संस्थाले आफुसंग भएको सेयर बिक्री गर्नुपरे १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । आयोगले ‘विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो ।
आयोगले गरेको सो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भनेका छन् ‘कस्को सल्लाहमा कसरी बन्दछन् यस्ता नियमहरु त्यो त थाहा भएन । यदि कसैले बुझेरै राखेको (जसरी नी बजार घटाउनै पर्छ भन्ने सिद्धान्त) हो भने आजै देखि पुँजी बजारका संस्थागत लगानीकर्ताहरुले कारोवार बन्द गरेकै राम्रो। किन हुँदै छ चौतर्फी आक्रमण पूँजीबजारलाई ? कस्को हित गर्ने उदेश्यले आउछन हाेला यस्ता नियम ? “सस्थागत लगानीकर्ता बिनाको पूँजी बजार मरुभूमिको धान खेती हो”।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्