×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपि पावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीहरुलाई १०.५ प्रतिशत बोनस सेयर दिईने

काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडको आज मिति २०७८ भाद्र २५ गते १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो साधारण सभाबाट कम्पनीले आ.व. २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५ प्रतिशत बोनस सेयर दिने र ०.३९३६ प्रतिशतको हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ । आगामी वर्ष देखि यो आयोजना संचालनामा आउनेछ । हकप्रदबाट संकलित पूँजि यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ ।

यसै आर्थिक वर्षमा कम्पनी चन्द्रनिगाहपूरमा ४ मे.वा. क्षमताको ग्रिडमा आवद्धसौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै दल्केबरमा १ मे.वा. क्षमता र सिमरामा १ मे.वा. क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यी सबै आयोजनाको निर्माण कार्य पश्चात अपी पावर कम्पनी लि ६२.५ मे.वा. को कम्पनी हुनेछ । आगामी वर्ष देखि कम्पनीको मुनाफामा उल्लेख्या वृद्धि हुनेछ र कम्पनीले दोहोरो अंकको आर्कषक लाभांश उपलब्ध गराउने समेत जनाएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: